• ट्रेण्डिङ्ग :
गलत पार्किङ गरिएका मोटरसाइकलको हेलमेट नगरपालिकामा

गलत पार्किङ गरिएका मोटरसाइकलको हेलमेट नगरपालिकामा


  • 5.9K
    SHARES
    • भाद्र २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 9.0K Views

    गलत पार्किङ गरिएका मोटरसाइकलको हेलमेट नगरपालिकामा

    दमक । दमक नगरपालिकाले सुरु गरेको एकतर्फी पार्किङको पालना नगर्ने तथा गलत तोकिएभन्दा फरक ठाउँमा पार्किङ गरिएका मोटरसाइकलका हेलमेट नगरपालिकाले नियन्त्रणमा लिन थालेको छ । ट्राफिक प्रहरी र नगर प्रहरीले हेलमेट नियन्त्रणमा लिएर नगरपालिकामा जम्मा गर्न थालेको हो ।

    images

    दमक नगरपालिकाको मुख्य बजार क्षेत्रमा महिनाको १५ दिन एकतर्फी र अर्को १५ दिन अर्कोतर्फ पार्किङको व्यवस्था गरिएको छ । पार्किङका कारण बजार क्षेत्रमा समस्या भएको र दुर्घटना समेत भएको भन्दै यो नियम लगाइएको थियो । नियम पालना नगर्नेलाई कारबाही अन्तर्गत नगरपालिकाले जरिवाना पनि गराउँदै आएको छ ।

    भदौ १ गतेदेखि एकतर्फी पार्किङ कार्यान्वयनमा ल्याइएको दमक नगर यातायात व्यवस्थापन समितिका संयोजक प्रजापति सापकोटाले बताउनुभयो । सूचना तथा जानकारी बोर्डहरू राखिएको अवस्थामा समेत अटेर गर्नेहरूको हेलमेट ल्याइएको र जरिवाना तिरेर हेलमेट लैजाने व्यवस्था गरिएको सापकोटाले बताउनु भएको छ ।

    दमकमा आएका नयाँ मोटरसाइकल चालक तथा दमकभन्दा बाहिरबाट आउनेहरूलाई यस्तो नियम थाहा नहुँदा समस्यामा पर्ने गरेको पनि बताइएको छ । कमल गाउँपालिका वडा नं. ६ का ख्यामराज गुरागाईँले आफूलाई नियमबारे थाहा नभएको जनाउँदै स्थानीय सरकारले हेलमेट लैजाने र जरिवाना गराउने कार्य नसुहाउने विषय भएको गुनासो गर्नु भयो ।


    तेस्रो आँखा