मकवानपुर ३० भदौ/ बागमती प्रदेशसभाको बैठक शनिबार बस्दै छ । बैठक आज बिहान ११ः०० बजे बस्न लागेको हो । शुक्रबार दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारणवस आजका लागि सरेको हो ।
प्रदेशभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।
