• ट्रेण्डिङ्ग :
न्यूयोर्कमा नेपाली पत्रकारसँग प्रधानमन्त्रीले भने- विदेशका नेपालीलाई मतदानको व्यवस्था गरिनेछ

न्यूयोर्कमा नेपाली पत्रकारसँग प्रधानमन्त्रीले भने- विदेशका नेपालीलाई मतदानको व्यवस्था गरिनेछ


  • 3.1K
    SHARES
    • आश्विन १, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    न्यूयोर्कमा नेपाली पत्रकारसँग प्रधानमन्त्रीले भने- विदेशका नेपालीलाई मतदानको व्यवस्था गरिनेछ

    न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।

    images
    संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको बताए ।

    कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने उल्लेख गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको र अब त्यसको नियमनका लागि विशेष पहल गर्ने बताए ।

    प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए । उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाए ।
    अर्को प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले पार्टीको माथिल्लो तहमा केही समस्या देखिएकाले त्यसलाई सच्याएर जानुको विकल्प नभएको बताए ।

    महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । उनले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागी हुनै परेको बताए । प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


    तेस्रो आँखा