• ट्रेण्डिङ्ग :
भारत-क्यानडा विवाद : गल्ती कसको ?

भारत-क्यानडा विवाद : गल्ती कसको ?


  • 3.4K
    SHARES
    • आश्विन ३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    भारत-क्यानडा विवाद : गल्ती कसको ?

    काठमाडौं । क्यानडामा एकजना प्रभावशाली शिख पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्या भएको विषयलाई लिएर भारत र क्यानडाबीच कूटनीतिक तनाव चुलिएको छ ।

    images

    संसद्‌मा सोमबार बोल्दै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका थिए । लगत्तै क्यानडाको विदेश मन्त्रालयले त्यहाँ रहेका एकजना भारतीय कूटनीतिज्ञलाई देश छाड्न आदेश दियो ।

    क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले उक्त हत्यामा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई निष्कासन गरिएको जानकारी दिएकी थिइन् । राय भारतीय गुप्तचर संस्था (रअ) का क्यानडास्थित प्रमुख भएको बताइएको छ ।

    क्यानडाले लगाएको आरोपलाई भारतले विवेकहीनको संज्ञा दिँदै मंगलबार आफ्नो देशमा रहेका एकजना वरिष्ठ क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न जवाफी आदेश दिएको छ ।

    नकाब लगाएका दुईजना बन्दुकधारीले ट्रकभित्र बसिरहेका बेला ४५ वर्षीय निज्जरको गोली हानी हत्या गरेका थिए ।

    भारतको सुरक्षालाई चुनौती दिँदै आएका खालिस्तानी चरमपन्थीलाई क्यानडा सरकारले लामो समयदेखि आश्रय दिँदै आएको आरोपसमेत दिल्लीले लगाएको छ ।

    विवादको मूल जरोका रुपमा देखिएका भारतीय मूलका क्यानेडाली नागरिक हरदीपसिंह निज्जरको क्यानडास्थित ब्रिटिस कोलम्बिया राज्यस्थित एउटा मन्दिर अगाडि गत जुन १८ मा गोली हानी हत्या भएको थियो ।

    क्यानडाको सरे सहरस्थित गुरु नानक शिख गुरुद्वारा अगाडिको बसपार्कमा दुई जना नकाब लगाएका बन्दुकधारीले ट्रकभित्र बसिरहेका बेला ४५ वर्षीय निज्जरको गोली हानी हत्या गरेका थिए ।

    निज्जर भारतको उत्तरी राज्य पञ्जाबमा शिखहरुका लागि अलग्गै खालिस्तान राज्य स्थापना गरिनुपर्ने मागका एक प्रमुख नेता थिए । निज्जरलाई भारत सरकारले तीन वर्षअघि आतंककारी घोषणा गरेको थियो ।

    सन् १९७७ मा पञ्जाबको जालन्धर जिल्लामा जन्मिएका निज्जर २० वर्षको उमेरमा क्यानडा गएका थिए । सुरुमा क्यानडामा उनले धारा बनाउने मिस्त्रीका रुपमा काम गरेको दिल्लीस्थित द्वन्द्व व्यवस्थापनसम्बन्धी एक संस्थाले जनाएको छ ।


    तेस्रो आँखा