• ट्रेण्डिङ्ग :
उखुबारीमा हात बाँधी अलपत्र छोडिएको शिशुको उद्धार

उखुबारीमा हात बाँधी अलपत्र छोडिएको शिशुको उद्धार


  • 4.6K
    SHARES
    • आश्विन ५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 7.1K Views

    उखुबारीमा हात बाँधी अलपत्र छोडिएको शिशुको उद्धार

    कञ्चनपुर ५ असोज/ कञ्चनपुरको बेलौरीमा उखुबारीमा हात बाँधी अलपत्र छोडिएको एक शिशुको उद्धार गरिएको छ ।

    images

    करिब एक, डेढ वर्ष उमेरको देखिने शिशुलाई बेलौरी नगरपालिका वडा नम्बर ७ स्याली खोला नजिकै उखुबारीमा हात बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीय नागरिकहरूले उद्धार गरेका हुन् ।

    सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएको शिशुको हात दोपट्टाले बाँधिएको थियो । शिशुको उद्धार गरी प्रहरीको जिम्मा लगाइएको छ ।

    श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको उपचार भइरहेको र तिनका अभिभावकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीको भनाइ छ ।


    तेस्रो आँखा