• ट्रेण्डिङ्ग :
गठबन्धन सरकार चरम अनुत्तरदायि र गैर जिम्मेवार भयो : ओली

गठबन्धन सरकार चरम अनुत्तरदायि र गैर जिम्मेवार भयो : ओली


  • 3.0K
    SHARES
    • आश्विन १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    गठबन्धन सरकार चरम अनुत्तरदायि र गैर जिम्मेवार भयो : ओली

    काठमाडौं १६ असोज/ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायि र गैर जिम्मेवार भएको बताएका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताए । उनले वर्तमान सरकार स्वेच्छाचारी, विकास बिरोधी रहेको उल्लेख गरे ।

    images

    उनले अहिले विकासका कामलाई ठप्प पारिएको बताए । उनले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताए ।

    उनले भने, ‘नेपाली काँग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धन कस्ता देखिएका छन् ततपाईहरु हामी सबैलाई थाहा छ । भन्न मिल्नु, नमिल्नु, सक्नु, नसक्नु, बेग्लै कुरा हो । यी सरकारहरु चरम अनुत्तरदायि, गैर जिम्मेवार छ । स्वेच्छाचारी देखिएका छन्, विकास बिरोधी देखिएका छन् । विकासका कामलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरु रोकिएका छन् । काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन । भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको छ । उनीहरुले ऋण तिर्न सकेका छैनन् । दिनुपर्नेलाई आफूले सामान लिएकाहरुलाई, लगाएका कामहरुमा भुक्तानी दिन सकिएको छैन ।’

    अध्यक्ष ओलीले नेकपा ९माओवादी केन्द्र० को नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको बताए ।


    तेस्रो आँखा