• ट्रेण्डिङ्ग :
सशस्त्र प्रहरी मुख्यालयमा पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण

सशस्त्र प्रहरी मुख्यालयमा पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण


  • 2.5K
    SHARES
    • आश्विन १७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    सशस्त्र प्रहरी मुख्यालयमा पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण

    काठमाडौँ। 

    images

     सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको हाताभित्र पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको छ । नवनिर्मित पानी प्रशोधन तथा वितरण स्थलको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उद्घाटन गरेका हुन् ।

    यस भन्दा अगाडी प्लाष्टिकका बोतल तथा जार खरिद गरी आपूर्ति गरिँदै आएको पिउने पानीलाई निरुत्साहित गर्दै पिउने पानीको गुणस्तरमा शुद्धता एवं
    विश्वसनीयता र खर्चमा मितव्ययिता कायम गर्ने अभिप्रायले मुख्यालयमा पहिलोपटक प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको हो ।

     

     प्रति घण्टा १५ सय देखि २ हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको वाटर ट्रिटमेन्ट प्लान्टको मासिक रुपमा दक्ष प्राविधिकबाट जाँच गर्नुकासाथै विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार भए नभएको भनी त्रैमासिक रुपमा उच्चस्तरीय प्रयोगशालामा समेत परीक्षण गराउने व्यवस्था मिलाइएको छ ।

    मुख्यालय भित्र वाटर डिस्पेन्सर, आवश्यकता अनुसार जार तथा जार सफा गर्ने मेसिनको समेत व्यवस्था गरिएको छ । अवोप्रान्त सशस्त्र प्रहरी बल नेपालको
    मुख्यालयमा बाह्य रुपमा पानी खरिद नगरिने भएको छ ।

     यसअघि सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण इकाईहरुमा प्लास्टिकजन्य वस्तु निषेध गर्ने, केही प्लास्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने लक्ष्य अनुरुप वातावरण संरक्षण र सशस्त्र प्रहरी कर्मचारीहरुमा सचेतना अभिवृद्धि गराई प्लाष्टिजन्य बस्तुको Reduce, Reuse, and Recycle अभि
    गर्ने नीति लिएको छ ।


    तेस्रो आँखा