• ट्रेण्डिङ्ग :
सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट


  • 5.0K
    SHARES
    • आश्विन १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.7K Views

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौ १८ असोज/ साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से ११.०४ अंकले गिरावट हुँदा १९५६.९२ को विन्दुमा बन्द भएको छ ।

    images

    सेयर लगानीकर्तामा बढ्दो निराशाले नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । मंगलबार १७.५६ अंकले गिरावट भएको नेप्से बुधबार ९.२४ अंकले वृद्धि भएको थियो । तर, बिहीबार पुनः सोमबारको क्लोजिङ विन्दुबाट ०.५६ प्रतिशतले गिरावट भएको हो । बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । म्युचुअल फण्ड उपसूचक २.३४ प्रतिशतले बढेर बन्द भएको छ ।

    होटल तथा पर्यटन उपसूचक १.१७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.८४ प्रतिशतले गिरावट भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको हो । मंगलबार नेप्सेमा गिरावटका बाबजुत पनि १ अर्ब १९ करोड ९१ लाखको कारोबार भएको थियो । बुधबार नेप्से बढेपनि कारोबार रकम थप घटेर १ अर्ब १८ करोड ९९ लाखको कारोबार भएको थियो । तर, बिहीबार कारोबार रकम थप घटेर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । ५० हजार ६९ वटा कारोबारमा ३५ लाख ६२ हजार ६२४ कित्ता सूचीकृत कम्पनीको सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

    बिहीबार कारोबार भएकोमध्ये सिटिजन्स लाइफको सर्वाधिक ४ करोड ४३ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड १८ लाख र सोल्टी होटलको ३ करोड ९ लाखको कारोबार भएको हो ।

    बिहीबार बजारमा कुल २३२ सूचीकृत कम्पनीको सेयर कारोबार भएका छन् । जसमध्ये १७२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै १२ कम्पनीको सेयरमूल्य स्थिर छ । बिहीबार कारोबार भएकामध्ये बाराही हाइड्रोपावरको सेयरमूल्य ९.३० प्रतिशतले वृद्धि हुँदा इस्टन हाइड्रोपावरको सेयरमूल्य ८.२६ प्रतिशत र हिमालयन लघुवित्तको सेयरमूल्य ७.९१ प्रतिशतले बढेको हो ।

    इनफिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशतले गिरावट हुँदा मध्येभोटेकोशी जलविद्युत् कम्पनीको सेयरमूल्य ६।६४ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.३१ प्रतिशतले गिरावट भएको हो ।


    तेस्रो आँखा