• ट्रेण्डिङ्ग :
आज नेप्से ३५ अंकले घट्यो

आज नेप्से ३५ अंकले घट्यो


  • 4.5K
    SHARES
    • आश्विन २१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.9K Views

    आज  नेप्से ३५ अंकले घट्यो

    काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो कारोबार दिन ३५ अंकले घटेको छ । आज नेप्से ३५.६७ अंकले घटेर १९२१.२४ को बिदुमा झरेको छ ।

    images

    सेयर लगानीकर्ताको मनोबल बढाउनको लागि नेपाल राष्ट्र बैंकले गत बिहीबार एकीकृत निर्देशिकामार्फत सेयर धितोकर्जाको सीमा १२ करोडबाट १५ करोड पुर्‍याइएको थियो । त्यस्तै, संस्थागततर्फ भने २० करोड पुर्‍याएको थियो । जसकारण लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा गरिएको थियो । तर, आइतबार लगानीकर्तामा उत्साह देखिएन ।

    आज २८९ धितोपत्रको ५८ लाख १५ हजार १८९ कित्ता सेयर एक अर्ब ८० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इनडेक्स पनि १.५५ प्रतिशतले घटेर ३६७.५७ को विन्दुमा झरेको छ ।

    आज १३ वटै उपसमूहको समूहगत सूचक राताम्य देखिएको छ । आज हाइड्रोपावर उपसमूहको समूहगत सूचक सर्वाधिक २.७२ प्रतिशतले घटेको छ ।

    आज बाराही हाइड्रोपावर पब्लिक कम्पनीको सेयर मूल्य सर्वाधिक ९.५९ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्था र गरिमा डिभेन्चर २०८५ को सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।


    तेस्रो आँखा