• ट्रेण्डिङ्ग :
सासुको हत्या गरी भकारीमा शव लुकाउने बुहारी पक्राउ

सासुको हत्या गरी भकारीमा शव लुकाउने बुहारी पक्राउ


  • 3.6K
    SHARES
    • आश्विन २१, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.5K Views

    सासुको हत्या गरी भकारीमा शव लुकाउने बुहारी पक्राउ

    सल्यान २१ असोज/ सल्यानमा एक बुहारीले आफ्नै सासुको हत्या गरेको खुलेको छ । घरायसी विवादमा आफ्नै सासु ४९ वर्षीया गणेशी रोकाको हत्या गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका ४ खार्बन बस्ने उनकै कान्छी बुहारी शर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    गणेशी रोका असोज १५ गते दिउँसो बारीमा धानको भारी लिन जान्छु भनी गएकोमा बेपत्ता भएपछि खोजी गर्ने क्रममा आफ्नै घरको भकारीभित्र असोज १८ गते बिहान शव फेला परेको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानसमेतबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा गणेशीको हत्यामा शर्मिलाको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।

    उक्त दिन उनीहरूबीच धान बारीमा विवाद भएको र घर फर्किएपछि पुनः विवाद हुँदा शर्मिलाले दाउराले पटक पटक टाउकोमा प्रहार गरी पुनः सलले घाँटी कसी हत्या गरेको र घटना लुकाउने उद्देश्यले कोठामा लत्पतिएको रगतसमेत लुकाउन लिपपोत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनी उपर जिल्ला अदालत सल्यानबाट ७ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 


    तेस्रो आँखा