• ट्रेण्डिङ्ग :
धार्मिक पर्यटकीयस्थल पञ्चकोट

धार्मिक पर्यटकीयस्थल पञ्चकोट


  • 3.3K
    SHARES
    • भाद्र २३, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 5.1K Views

    धार्मिक पर्यटकीयस्थल पञ्चकोट

    बागलुङ, भदौ २३ । बागलुङ नगरपालिका–६ मा रहेको धार्मिक पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोट । तीन दशक पहिले चितुवा बस्ने ओडारमाथि २०७१ सालमा अनन्तश्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को नेतृत्वमा बृहत महायज्ञको आयोजना गरेर निर्माण थापिएको पञ्चकोटमा अहिले ५० करोड बढीको पूर्वाधार तयार भइसकेका छन् ।

    images

    पञ्चकोटमा पाँच हजार छ सय ५५ किलोको मुक्तिनाथ महाघण्ट, शीश महल, सत्सङ्ग भवन, गणेश मन्दिर, हनुमानको मुर्ति, पञ्चनारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गरुडशिला, सडक पूर्वाधारको सुधार तथा निर्माण, खानेपानीको व्यवस्थापन लगायतका निर्माण गरिएको छ । पञ्चकोटमा १५१ फिट अग्लो कलश निर्माणका लागि फाउण्डेसनका कामहरु सम्पन्न भइसकेको छ । पञ्चकोटमा नेपाल र भारतका पर्यटकहरु पुग्ने गर्दछन् ।

     


    तेस्रो आँखा