• ट्रेण्डिङ्ग :
इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया सफल

इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया सफल


  • 5.5K
    SHARES
    • आश्विन २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 8.5K Views

    इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया सफल

    काठमाडौं २३ असोज/ इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् । मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’

    images

    दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर भई इजरायलमा रहेका २२ वर्षीय प्रविण डाँगीलाई खुट्टामा गोली लागेको थियो । गत भदौ २६ गते बीएस्सी एजी पढेर थप ११ महिने प्रयोगात्मक अध्ययनका लागि उनी इजरायल गएका थिए ।

    दंगीशरण गाउँपालिका–३ का वडाअध्यक्ष सुकलाल चौधरीले पनि प्रविणको अपरेसन सफल भएको जानकारी पाएको बताए । प्रविण र उनका बुवा निमबहादुर डाँगीबीच अपरेसनपछि पनि कुराकानी भएको आफूले थाहा पाएको वडाध्यक्ष चौधरीले बताए ।


    तेस्रो आँखा