• ट्रेण्डिङ्ग :
युद्ध जारी हुँदा इजरायलले जहाज ल्यान्ड गर्ने अनुमति दिएन, शव ल्याउन र उद्धार गर्न ढिलाइ

युद्ध जारी हुँदा इजरायलले जहाज ल्यान्ड गर्ने अनुमति दिएन, शव ल्याउन र उद्धार गर्न ढिलाइ


  • 3.4K
    SHARES
    • आश्विन २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.3K Views

    युद्ध जारी हुँदा इजरायलले जहाज ल्यान्ड गर्ने अनुमति दिएन, शव ल्याउन र उद्धार गर्न ढिलाइ

    काठमाडौँ । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई रेस्क्यू गर्न चाहे पनि त्यहाँको डिफेन्स मन्त्रालय अन्तर्गत रहेको ‘नेशनल डिफेन्स म्याकानिज्यम’ ले अनुमति नदिँदासम्म ल्याउन नसक्ने भएको छ। अत्याधिक संकटग्रस्त भएको र अहिले पनि युद्ध चलिरहेकाले त्यहाँ रहेका नेपालीलाई उद्धार गर्न सरकारले चाहँदा पनि नसक्ने भएको हो।

    images

    परराष्ट्र मन्त्रालयको आग्रहमा पर्यटन मन्त्रालयले नेपाल वायू सेवा निगमलाई चार्टड उडानका लागि तयारी अवस्था रहन मंगलबार पत्रचार गरेको छ। यद्यपि इजरायल सरकारले ‘लेवल वान वार्निङ’ जारी गरेकाले त्यस्तो अवस्थामा कमर्सियल फ्लाइट गर्ने अनुमति हुँदैन। उडान सञ्चालन गर्नका निम्ति विशेष अनुमति (स्पेशल परमिट) लिनुपर्ने हुन्छ। जुन अहिलेको अवस्थामा त्यहाँको नागरिक उड्डयन प्राधिकरणले सिधै अनुमति दिन नसक्दा अहिलेसम्म नेपालले चार्टड उडान गर्न सकेको छैन। त्यहाँको प्राधिकरणले ‘नेशनल डिफेन्स म्याकानिज्म’ को अनुमति लिएर मात्रै उडान अनुमति दिने भएकाले अहिलेसम्म नेपाल सरकारलाई उडानका लागि अनुमति प्राप्त भएको छैन।

    उनका अनुसार सरकारले इजरायलमा रहेका नेपाली नागरिकलाई उद्धार गरेर कुवेतसम्म ल्याएमा त्यहाँबाट भने सहजै नेपाल ल्याउन सकिन्छ। परराष्ट्र मन्त्रालयले इजरायली राजदूतसँग उद्धारकार्यमा सहजीकरण गर्न सहयोग मागिरहेको छ। इजरायलको डिफेन्स मन्त्रालयले अहिलेसम्म अनुमति दिएको छैन। मंगलबार दिउँसो परराष्ट्रमन्त्री एनपी साउदले विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरी हमासको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउन सहजीकरण गरिदिन आग्रह गरेका थिए। तर इजरायलको अवस्था अझै संवेदनशील रहेकाले तत्काल त्यहाँ उडान भर्न असज भएको छ।

    गत शनिबार बिहान प्लाष्टाइन विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गर्दा कृषि अध्ययन र काम गर्न १० नेपाली मारिएका थिए। एक जना बेपत्ता र ४ जना घाइते भएका थिए। सुदूरपश्चिम विश्वविद्यालयमा कृषि संकाय अध्ययनरत ४९ विद्यार्थी इजरायल पुगेका छन्।

    हमासको आक्रमणमा परी मृत्यु हुनेहरूमा कैलाली, घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङ, जयपृथ्वी–६ का गणेशकुमार नेपाली, कैलाली, बौनिया–३ का आशिष चौधरी, दार्चुला, लेकम–५ का दिपेशराज विष्ट, धनुषा, सपही–६ का आनन्द साह, सुनसरी, मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी, पचनली–३ का राजन फुलारा, डोटी, लामिखाल–८ का पदम थापा, सल्यान, शारदा–३ का प्रवेश भण्डारी र दार्चुला, मालिकार्जुन–४ का लोकेन्द्र सिं धामी रहेका छन्। सल्यानकै शारदा–२ का विधान सेजुवाल, दाङ दंगीशरण–३ का प्रविण डाँगी, कैलाली, टीकापुर–९ का धन बहादुर चौधरी र गोरखा, गोरखा–८ का हिमाञ्चल कट्टेल घाइते छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ। उनीहरु लगायत नेपाल आउन चाहने नागरिकका लागि सरकारले जतिसक्दो चाँडो पहल गर्नुपर्ने अवस्था छ।


    तेस्रो आँखा