• ट्रेण्डिङ्ग :
राहुल महरा पुर्पक्षका लागि कारागार चलान

राहुल महरा पुर्पक्षका लागि कारागार चलान


  • 2.6K
    SHARES
    • आश्विन २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.0K Views

    राहुल महरा पुर्पक्षका लागि कारागार चलान

    काठमाडौँ २६ असोज/ भेपमा सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो ।

    images

    काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । धरौटी बुझाएमा उनी रिहा हुनेछन् ।


    तेस्रो आँखा