• ट्रेण्डिङ्ग :
प्रदेश संरचना खारेज गर्नुपर्छ : कमल थापा

प्रदेश संरचना खारेज गर्नुपर्छ : कमल थापा


  • 3.3K
    SHARES
    • आश्विन २७, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    प्रदेश संरचना खारेज गर्नुपर्छ : कमल थापा

    काठमाडौं, २७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । संघीयता अन्तर्गत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनको तर्क थियो । पार्टीद्वारा शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? भनि प्रश्न समेत गरे ।

    images

    नेपालजस्तो सानो देशका लागि सयभन्दा बढी मन्त्री र ५–७ सयको संख्यामा सांसद आवश्यक नभएकाले त्यसलाई कटौति गर्नुपर्ने उनले प्रश्ताव गरे । अध्यक्ष थापाले वर्तमान व्यवस्था भ्रष्ट भएको भन्दै त्यसमा सुधारका निम्ति तयार हुन प्रमुख राजनीतिक दलहरुलाई आग्रह समेत गरे ।

    अध्यक्ष थापाले सनातन धर्मको संरक्षण गर्ने र वर्तमान भ्रष्ट व्यवस्था सुधारका लागि आफ्नो पार्टीले आन्दोलनको घोषणा गरेको जिकिर समेत गरे ।


    तेस्रो आँखा