• ट्रेण्डिङ्ग :
सेयर बजारमा एकल अंकको गिरावट 

सेयर बजारमा एकल अंकको गिरावट 


  • 3.4K
    SHARES
    • कार्तिक २, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.2K Views

    सेयर बजारमा एकल अंकको गिरावट 

    काठमाडौं २ कात्तिक/ दशैं अगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ४.०५ अंकले गिरावट हुँदा १९०३.८४ को विन्दुमा बन्द भएको हो ।

    images

    नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गर्दा बुधबार ४३ अंकको उच्च वृद्धि भएको नेप्से बिहीबार भने करेक्सन भएको हो । बजारलाई लिड गर्ने बैंकिङसहित लगानी र  म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि भएपनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ ।

    बिहीबार बैंकिङ उपसूचक ०.०९ प्रतिशत, लगानी उपसूचक ०.१७ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३६ प्रतिशतले बढेर बन्द भएको छ । हाइड्रोपावर उपसूचकमा सर्वाधिक ०.९६ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक ०.९० प्रतिशतले गिरावट भएको छ ।

    नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढेको छ । बुधबार ९३ करोडको कारोबार भएको बजारमा बिहीबार बढेर ९७ करोड ६ लाख पुगेको छ । २५ हजार ५२० वटा कारोबारमा ३७ लाख ६६ हजार १५३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

    बिहीबार नबिल बैंकको संस्थापक सेयर सर्वाधिक ५ करोड ९० लाखको कारोबार हुँदा प्रभु बैंकको संस्थापक सेयर पनि ५ करोड १५ लाख ३७ हजार ६०० कारोबार भएको छ । यस्तै नबिल बैंकको ३ करोड ९१ लाख र घलेम्दी हाइड्रोपावरको २ करोड ८१ लाखको कारोबार भएको छ ।

    बिहीबार नेप्सेमा कुल २३६ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १५० कम्पनीको सेयरमूल्य घट्दा ८० कम्पनीको बढेको छ । ६ कम्पनीको भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये सिटिजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य सर्वाधिक ५.८७ प्रतिशतले वृद्धि हुँदा बीपीडब्लु लघुवित्तको सेयरमूल्य ४.७६ प्रतिशतले बढेको छ ।

    अपर सोलु हाइड्रोइलेक्ट्री कम्पनीको सेयरमूल्य ८.२५ प्रतिशतले गिरावट हुँदा इन्फिनिटी लघुवित्तको सेयरमूल्य ६.७३ प्रतिशत र आशा लघुवित्तको सेयरमूल्य ६.६१ प्रतिशतले गिरावट भएको छ ।


    तेस्रो आँखा