• ट्रेण्डिङ्ग :
विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ : प्रेम सुवाल

विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ : प्रेम सुवाल


  • 3.7K
    SHARES
    • कार्तिक १२, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ :  प्रेम सुवाल

    काठमाडौं, १२ कात्तिक । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पतिको सीमाङ्कन गर्ने र विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् । 

    images

    उनले अहिले पनि नेपालीहरुको विदेशमा सम्पति भएको खबर बाहिर आएको भन्दै उनले नेपालीको सम्पतिको सीमाङ्कन गर्न आवश्यक रहेको बताए ।

    सांसद सुवालले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताए । उनले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाई बिदा कटौति गर्नुपर्ने माग गरे ।

    सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारी समेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताए ।


    तेस्रो आँखा