• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभा बैठकमा दुई वटा विधेयक प्रस्तुत

प्रतिनिधि सभा बैठकमा दुई वटा विधेयक प्रस्तुत


  • 2.5K
    SHARES
    • कार्तिक १२, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 3.8K Views

    प्रतिनिधि सभा बैठकमा दुई वटा विधेयक प्रस्तुत

    काठमाडौँ, १२ कात्तिक । प्रतिनिधि सभाको बैठकमा आज (आइतबार) दुई वटा विधेयक पेस भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत भएको छ भने ‘भन्सार विधेयक, २०८०’ पनि प्रस्तुत भएको छ ।

    images

    दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका हुन् ।

    त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मङ्गलवार अपराह्न ४ बजे सम्बोधन सम्बन्धी जानकारी संसदलाई गराए ।


    तेस्रो आँखा