• ट्रेण्डिङ्ग :
राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने


  • 2.0K
    SHARES
    • कार्तिक १४, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.1K Views

    राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्। 

    images

    प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका हुन्।

    बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ। उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

    संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ । 

    बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। उनका अनुसार बिहान १० बजेसम्ममा साजसज्जालगायत सबै तयारी पूरा हुनेछ। 


    तेस्रो आँखा