काठमाडौँ । विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ मंगलवारको (आज) संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ। सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रस्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय भएको हो।
बैठकले मंगलवार बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन्।
उनले विधेयक अगाडि नै आउनुपर्नेमा ढिलो भएको बताइन्। उनले छलफल उपलब्धिमुलक भएको र विधेयकको प्रतिवेदन मंगलवारको संसद बैठकमा पेस हुने बताइन्।
