• ट्रेण्डिङ्ग :
सर्वोत्तम सिमेन्टले मंसिरदेखि बुक बिल्डिङबाट सेयर जारी गर्ने

सर्वोत्तम सिमेन्टले मंसिरदेखि बुक बिल्डिङबाट सेयर जारी गर्ने


  • 3.6K
    SHARES
    • कार्तिक १७, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.5K Views

    सर्वोत्तम सिमेन्टले मंसिरदेखि बुक बिल्डिङबाट सेयर जारी गर्ने

    काठमाडौं, १७ कात्तिक । सर्वोत्तम सिमेन्टले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताका लागि सेयर निस्कासन गर्ने भएको छ । संस्थागत लगानीकर्ताले मंसिर १० गतेसम्म बुक बिल्डिङमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा बिक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसा कायम गरिएको छ । कम्पनीको जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९ प्रतिशतले हुने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ पद्दतिबाट निस्कासन गर्न लागेको हो ।

    images

    नेपाल स्टक एक्स्चेन्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा संस्थागत लगानीकर्तालाई बिक्री मूल्यको सीमाभित्र रही सेयर वितरण गरिनेछ । यसमा साधारण लगानी फिर्ता हुने अवधि ३ अर्ब ९ महिना तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना रहेको छ । कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल र एनआईएमबी एस क्यापिटल रहेका छन् ।

    योग्य संस्थागत लगानीकर्ताले दिइएको आधार मूल्यमा २० प्रतिशत तलमाथिको सीमाभित्र रहेर आवेदन दिने सक्नेछन् । यसरी आवेदन माग गर्दा योग्य संस्थागत लगानीकर्तालाई निस्कासन हुने सबै सेयर जुन मूल्यमा बिक्री हुन्छ सोही मूल्यलाई कटअफ मूल्य निर्धारण हुने व्यवस्था बुक बिल्डिङ निर्देशिकामा छ ।

    यसरी निर्धारण हुने कटअफ मूल्यमा १० प्रतिशत छुट दिई बाँकी रहेको ६० प्रतिशत सेयर सर्वसाधारणलाई निस्कासन हुनेछ । पहिलो चरणमा योग्य संस्थागत लगानीकतालाई निस्कासन गर्नेगरी २४ लाख कित्ता सेयर बिक्री गर्न लागिएको हो ।


    तेस्रो आँखा