• ट्रेण्डिङ्ग :
सिंहदरबारभित्र तस्बिर खिच्न रोक

सिंहदरबारभित्र तस्बिर खिच्न रोक


  • 2.6K
    SHARES
    • कार्तिक १८, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.0K Views

    सिंहदरबारभित्र तस्बिर खिच्न रोक

    काठमाडौँ । सिंहदरबार परिसरभित्र तस्बिर, भिडियो खिच्न तथा टिकटक बनाउन रोक लगाइएको छ । केही समययता सिंहदरबार परिसरमा रहेका अति विशिष्टको कार्यालय अगाडि तस्बिर, भिडियो खिच्ने तथा टिकटक बनाउने क्रम बढ्दै गएकाले सो कार्यलाई निषेध गरिएको नेपाल प्रहरीले जनाएको छ ।

    images

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै बिनाअनुमति सिंहदरबार परिसरभित्र तस्बिर, भिडियो खिच्न तथा टिकटक बनाउन पूर्ण रूपमा निषेध गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्य नगर्न/गराउन सिंहदरबार परिसरभित्र विभिन्न ठाउँमा सूचनासमेत टाँस गरिएको छ तर समाचार सम्प्रेषण गर्ने प्रयोजनका लागि सञ्चार माध्यम तथा सञ्चारकर्मीलाई तस्बिर र भिडियो खिच्न रोक लगाइएको छैन ।


    तेस्रो आँखा