• ट्रेण्डिङ्ग :
लुम्बिनीले भुकम्प प्रभाबितको कोषमा डेढ करोड सहयोग गर्ने 

लुम्बिनीले भुकम्प प्रभाबितको कोषमा डेढ करोड सहयोग गर्ने 


  • 7.1K
    SHARES
    • कार्तिक १८, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 10.9K Views

    लुम्बिनीले भुकम्प प्रभाबितको कोषमा डेढ करोड सहयोग गर्ने 

    दाङ, १८ कात्तिक । लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रकालागि डेढ करोड सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्री परिषदको बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

    images

    साथै लुम्बिनी प्रदेश सरकारले गृह मन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभाबित जिल्लामा पठाउने निणर्य समेत गरेको छ । लुम्बिनी प्रदेशले यस अघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ ।

    जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट मृत्यु भएका परिवारप्रति श्रद्धाञ्जली तथा घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।


    तेस्रो आँखा