• ट्रेण्डिङ्ग :
कञ्चनपुरमा बेपत्ता महिला मृत फेला

कञ्चनपुरमा बेपत्ता महिला मृत फेला


  • 2.1K
    SHARES
    • कार्तिक २०, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 3.2K Views

    कञ्चनपुरमा बेपत्ता महिला मृत फेला

    धनगढी, २० कात्तिक । कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका–७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको जानकारी दिए ।

    उनका अनुसार मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्याको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा