• ट्रेण्डिङ्ग :
हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्ने म्याद सर्‍यो

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्ने म्याद सर्‍यो


  • 3.2K
    SHARES
    • कार्तिक २०, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्ने म्याद सर्‍यो

    काठमाडौं ।  हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुल्ने म्याद सरेको छ । अंकित मूल्य १ सयमा प्रतिकित्ता १०६ रुपैयाँ पि्रमियम थप गरी कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दैछ ।

    images

    यसअघि भोलि मंगलबारदेखि कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री खुला गर्ने मिति तय गरेकोमा त्यो अवधिलाई मंसिर ४ देखि मात्रै खुला हुनेगरी सारेको हो ।

    तिहारको लामो विदा पर्ने भएकाले मिति सारिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । वैदेशिक रोजगारमा रहेकाले अब मंसिर ४ देखि १८ गतेसम्म यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

    कम्पनीको सेयर निस्कासनलाई इक्रा नेपालले ए माइनस रेटिङ प्रदान गरेको छ । इक्राले सबैभन्दा बलियो कम्पनीले ए रेटिङ प्रदान गर्दछ भने कमजोर कम्पनीलाई डी रेटिङ प्रदान गर्दछ । यो कम्पनीलाई प्रदान भएको ए माइनस रेटिङले कम्पनी मध्यमस्तरमा बलियो रहेको जनाउँछ ।

    नेपाल सरकारको समेत लगानीमा स्थापना भएको नेपाल रि- इन्स्योरेन्सपछि पुनर्बीमा क्षेत्रमा निजी लगानीमा पहिलोपटक हिमालयन रि-इन्स्योरेन्स सञ्चालनमा आएको छ ।

    १० अर्ब चुक्ता पूँजी रहने कम्पनीले ३ अर्ब रुपैयाँ प्राथमिक निस्कासन (आईपीओ) मार्फत जुटाउँदै छ । कम्पनीमा नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरुको लगानी छ । कम्पनीले हालै सीईओको जिम्मेवारी उपासना पौडेललाई दिएको छ ।

     


    तेस्रो आँखा