• ट्रेण्डिङ्ग :
ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुईजनाको मृत्यु

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुईजनाको मृत्यु


  • 3.0K
    SHARES
    • कार्तिक २१, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुईजनाको मृत्यु

    बलेवा । बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गएराति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।  

    ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस


    तेस्रो आँखा