• ट्रेण्डिङ्ग :
लमहीमा कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीहरुलाई फुलले स्वागत

लमहीमा कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीहरुलाई फुलले स्वागत


  • 3.4K
    SHARES
    • कार्तिक २१, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.3K Views

    लमहीमा कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीहरुलाई फुलले स्वागत

    दाङ,२१ कात्तिक/ लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीहरुलाई फुलले स्वागत गरेका छन् । पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीबाट गुनासो आएपछी छड्के अनुगमन गरिएको हो ।

    images

    ढिलो आएका कर्मचारीलाई नगर प्रमुख चौधरीले फुलले स्वागत गर्दै कर्मचारीलाई समयको ख्याल गर्दै कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् । छड्के अनुगमनमा एक दर्जन बढी कर्मचारी कार्यालय समय भन्दा ढिलो आएको जानकारी दिंदै नगर प्रमुख चौधरीले राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस भन्ने हाम्रो चाहाना हो । उनले भने ।


    तेस्रो आँखा