• ट्रेण्डिङ्ग :
तुलसीपुरका बिकट वडामा सुत्केरी आवासको व्यवस्था गर्ने योजना 

तुलसीपुरका बिकट वडामा सुत्केरी आवासको व्यवस्था गर्ने योजना 


  • 8.1K
    SHARES
    • कार्तिक २१, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 12.5K Views

    तुलसीपुरका बिकट वडामा सुत्केरी आवासको व्यवस्था गर्ने योजना 

    अञ्जना चौधरी,तुलसीपुर २१ कात्तिक/ दाङको तुलसीपुर उपमहानगरपालिकाले विकट वडामा रहेका स्वास्थ्य संस्थाहरुमा सुत्केरी आवासको व्यवस्था गर्ने योजना बनाएको छ । तुलसीपुरका बिकट मानिने  वडाहरु  न १, ४, १३ र १९ नम्बर वडामा त्यस्ता सुत्केरी आवासको व्यवस्था गरिने भएको छ । जहाँ खानपीनको सुविधासहित बासको प्रबन्ध गरिने भएको छ ।

    images

    आउने मंसिरको तेस्रो सातादेखि औपचारिक रुपमा पालिकाको विकट स्थानमा रहेका स्वास्थ्य संस्थामा सुत्केरी आवासको व्यवस्था सञ्चालन गर्न लागेको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । विकट वडामा रहेका महिला सुत्केरी व्यथा लागेको बेलामा स्वास्थ्य संस्थासम्म आउन समस्या हुने, स्वास्थ्य संस्थामा आउँदा तत्काल यातायातको व्यावस्था नहुने हुँदा स्वास्थ्य संस्थामा जाने क्रममा बाटोमै मृत्यु हुने समस्या नरहोस भनेर सुत्केरी आवशको ब्यबस्था गर्न थालिएको उनले बताए । 

    ‘सुत्केरी महिलाको मृत्यु हुनुको एउटा कारण बाटोमा ढिलाई हुनुपनि हो,’  उनले भने ‘ सुत्केरी आवास संचालनमा आएपछि  मातृ मृत्युदर घटाउन सहयोग पुग्छ भन्ने सोच हो ।’

     नियमित स्वास्थ्य संस्थामा गएर जाँच गराउने गर्भवती महिलाहरुको सम्पर्क नम्बर स्वास्थ्य संस्थाले राख्ने र गर्भवती भएको ९ महिना सात दिन पछि जाँदा जोखिम हुने हुँदा ९ महिना पुग्नु एक हप्ता अगाडी नै विकट वडाहरुमा गर्भवती भएका महिलालाई त्यस्ता सुत्केरी आवासमा राखिने न्यौंपानले जानकारी दिए । 

    सुत्केरी हुने समय आउनु भन्दा दुई तीन  दिन पहिले नै स्वास्थ्य संस्थाबाट फोन गरि बोलाएर स्वास्थ्यकर्मीको निगरानीमा राखिने प्रमुख न्यौपानेले बताए । 

    गर्भवती महिलाको साधारण डेलीभरी हुने देखिए सुत्केरी आवासमै सेवा दिने र केही समस्या वा जोखिम देखिएमा निशुल्क एम्बुलेन्स सेवा प्रदान गरि अस्पतालमा पु¥याउने  उदेश्य राखिएको छ ।  सरकारको सन २०३० सम्ममा मृत्यु दर शून्यमा झार्ने  लक्ष्य अनुसार तुलसीपुरले सुत्केरी आवास संचालन गर्ने सोच बनाएको न्यौपानेले बताए । 

     त्यसका लागि मेयर टीकाराम खड्का र उपमेयर स्यानी चौधरीले विकट क्षेत्रका स्वास्थ्य संस्थामा आवासको व्यवस्था गर्न गरेको आग्रह बमोजिम काम हुन थालेको  न्यौंपाने जानकारी दिए । तुलसीपुर– ९ अश्वारामा रहेको तुलसीपुर भिमसेन मेट्रो अस्पतालमा अहिले वर्थिंङ सेन्टर सञ्चालन गर्दै आएको छ । आउने बैशाखसम्मा अश्वारामा शल्यक्रिया मार्फत बच्चा जन्माउने सेवा सञ्चालन गर्ने उदेश्य नगरको रहेको छ । 


    तेस्रो आँखा