• ट्रेण्डिङ्ग :
थवाङ विचार र क्रान्तिको प्रतीक हो : प्रधानमन्त्री

थवाङ विचार र क्रान्तिको प्रतीक हो : प्रधानमन्त्री


  • 3.3K
    SHARES
    • कार्तिक २४, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    थवाङ विचार र क्रान्तिको प्रतीक हो : प्रधानमन्त्री

    रोल्पा, २४ कात्तिक । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् । शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

    images

    ‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीँ आधार बनाएर गरिएको थियो ।’ प्रधानमन्त्रीले भने । ‘थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किँदा म जहिले पनि ऊर्जा लिएर फर्किन्छु।’ 

    रोल्पा, रुकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे। आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्छ। समाजवादी क्रान्तिको लागि थवाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्ने उनले बताए । शान्ति प्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौँ। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकताबद्ध हुन्छौँ प्रधानमन्त्रीले प्रचण्डले भने ।

    उनले थवाङमा पछिल्लो समय राम्रो विकास भएको र गणतन्त्रपछि राम्रो प्रगति भएको बताए । भौतिक र मानवीय विकासमा यसले फड्को देखिएकोले तपाईँहरूले थवाङको थप विकासका लागि राख्नुभएका विषयमा आफू गम्भीर रहेको र यसका लागि थप पहल गर्ने बताए । सहिदमार्ग युद्ध कालमा मैले नै प्रस्ताव गरेको थिएँ। यो मार्गको निर्माण कार्य छिटो सम्पन्न गरिनेछ। विद्युतीकरणका बाँकी काम पनि टुङ्गाइनेछ। नमुना परियोजनाको काम थवाङमा नै गरिनेछ। समग्रमा थवाङको विकास सरकारको मुख्य प्राथमिकतामा रहनेछ।

    कार्यक्रममा पूर्वमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री एवं पार्टी अध्यक्षले पार्टीभित्र र देशमा रूपान्तरणको अभियान चलाएको बताए । 


    तेस्रो आँखा