• ट्रेण्डिङ्ग :
राप्तीमा पालिका स्तरीय अपाङ्गता सञ्जाल गठन अध्यक्षमा ऋषिराम बस्नेत 

राप्तीमा पालिका स्तरीय अपाङ्गता सञ्जाल गठन अध्यक्षमा ऋषिराम बस्नेत 


  • 5.6K
    SHARES
    • कार्तिक २५, २०८० शनिबार
    • २ बर्षs अघि
    • 8.6K Views

    राप्तीमा पालिका स्तरीय अपाङ्गता सञ्जाल गठन अध्यक्षमा ऋषिराम बस्नेत 

    देउखुरी, २५ कार्तिक । दाङको राप्ती गाउँपालिकामा पालिका स्तरीय अपाङ्गता सञ्जाल गठन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच ऋषिराम बस्नेतको अध्यक्षतामा १७ सदस्य पालिका स्तरिय अपाङ्गता सञ्जाल गठन गरिएको हो ।

    images

    जसको उपाध्यक्षमा रेजिना कुमाल, सचिवमा शन्तराम चौधरी, सह–सचिवमा तिर्सना ज्ञवाली र कोषाध्यक्षमा कमल गिरी रहेका छन् भने सदस्यहरुमा पुनाराम चौधरी, सुस्मिता चौधरी, ढुण्डीराज भट्टराई, बिरमल चौधरी, हरिप्रसाद चौधरी, पाहरु चौधरी, सुरेश चौधरी, कमला चौधरी, भागपती चौधरी, अहमद मियाँ, जागेश्वर थापा, बसन्ती कुमाल रहेका छन् ।

    त्यस्तै महेश रिजालको संयोजकत्वमा लक्ष्मीप्रसाद चौधरी र अर्जुन चौधरी सदस्य रहेको  ३ सदस्य सल्लाहकार समिति समेत गठन गरिएको छ। पालिकाको ९ वटै वडामा गठन भएको वडा स्तरीय अपांग सञ्जालका प्रतिनिधिहरुको भेलाबाट संजाल गठन गरिको हो । नव गठित संजालको छलफलले प्रत्येक महिनाको पहिलो हप्ताको शुक्रबार दिउँसो १ बजे नियमित मासिक बैठक बस्ने निर्णय गरेको छ।

    राप्ती गाउँपालिका दाङको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा पालिकास्तरिय अपाङ्गता सञ्जाल गठन गरिएको शाखाकी प्रमुख जीवन कुमारी जिसीले जानकारी दिए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जिवराज शर्माको अध्यक्षतामा तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा अपाङ्गता सञ्जाल गठन गरिएको हो ।

    सो कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले अपाङ्गताहरुको हक अधिकार र अपाङ्गता परीचयपत्रको बारेमा जानकारी गराउदै अपाङ्गताको क्षेत्रमा आफू सधै सकारात्मक भएको बताइन् । त्यस्तै उनले अपाङ्गता भएका ब्यक्तिको जीवनस्तर माथि उकास्न तथा अपाङ्गता सम्बन्धी पालिकास्तरिय विभिन्न गतिविधी संचालनका गर्नका लागि पालिकाले सधै सहयोग गर्ने बताइन् । 

    सो अवसरमा नव गठित संजालका अध्यक्ष ऋषिराम बस्नेत, सल्लाहकार लक्ष्मी प्रसाद चौधरी, ढुण्डीराज भट्टराई, कमल गिरी लगायतले बोलेका थिए भने कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवन कुमारी जिसीले गरेकी थिइन् ।


    तेस्रो आँखा