• ट्रेण्डिङ्ग :
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु


  • 3.1K
    SHARES
    • मंसिर २, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.7K Views

    कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

    धनगढी, २ मंसिर । कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ ख ९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका २ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनी डोटीमा कटी दिदीको नामले परिचित थिइन् । रोस्याराको मृत्युपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिदी दुस्ख व्यक्त गरिरहेका छन् ।

    ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका १ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा