• ट्रेण्डिङ्ग :
पालमुनि सुत्केरी र गर्भवती 

पालमुनि सुत्केरी र गर्भवती 


  • 4.1K
    SHARES
    • मंसिर २, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.3K Views

    पालमुनि सुत्केरी र गर्भवती 

    सल्यान २ मंसिर/ सल्यान दार्मा गाउँपालिका ५ बछेलाकी १९ वर्षीय विन्दु खड्काको एक महिनाको बच्चा छ । एक महिना नपुगेकी सुत्केरी खड्का न्यानोमा बसेर झोलिलो खानेकुरा खानु पर्ने समयमा घरबाहिर त्रिपालमुनि रात कटाउँदै आएकी छिन् ।

    images

    त्रिपालमुनिको असुरक्षित बास थाहा हुँदा हुँदै पनि उहाँ १ महिनाको सानो बच्चा लिएर मङ्सिरको चिसो सिरेटोमा पनि रात कटाउँदै आइरहेकी छिन् । गत कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले घर बस्न नमिल्ने गरी चर्काएपछि उनी त्रिपालमुनि बस्दै आएकी हुन् । एक महिनाकी सुत्केरी खड्कालाई पालमुनिको रात निकै लामो लाग्छ ।

    एक त पालमुनिको असुरक्षित बास, त्यसमा पनि एक महिनाको बच्चाको साथमा, चिसोका कारण बच्चालाई रुघा लाग्नुका साथै आफू समेत बिरामी पर्न थालेको बताइन् । उनले भनिन् ‘आफूमात्र भएको भए जसोतसो रात काट्थे होला तर एक महिनाको छोरी साथमा हुँदा रातको समयमा राम्रोसँग निदाउन पनि सक्दिन । जति नै आगो बाले पनि तातो नै हुँदैन खुट्टा सुनिएका छन् ।’ 

    दार्मा ५ कै तीन महिनाकी सुत्केरी पुष्पा केसी पनि भूकम्पले घर भत्काएपछि पालमुनि रात कटाउँदै आएकी छिन् । घर अघिको आँगनमा  पाल टाँसेर बस्दै आइरहनु भएको छ । राहतस्वरुप पाएको त्रिपाल टाँगेर बस्न मिल्ने बनाए पनि सुत्केरीलाई भने निकै कष्टकर हुँदै आइरहेको उनको भनाई छ । न पर्याप्त मात्रामा ओढ्ने ओछ्याउने लत्ताकपडा नै छन् न सुत्केरीमा खाने मिठो मसिनो नै । भूकम्पले सबै सपनामाथि पानी खन्याइदिएको उनले बताइन् । उनले भनिन् ‘अहिले खाने भन्दा पनि सानो सानीलाई चिसोबाट कसरी बचाउने भन्ने मात्र पिर रहेको छ । घर भित्रै बस्दा त चिसोले छाडेको थिएन पालमुनि बस्दा कतिको चिसो भएको होला आफै अनुमान गर्नुस ।’ दिनमा खासै समस्या नभए पनि रातको समयमा निकै समस्या हुने गरेको छ उनले भनिन् ।  ‘बिहान शीत चुहिएर ओछ्यान भिजेको हुन्छ । सानो बच्चालाई रातभर कति चिसो हुन्छ होला ।’ 

    सुत्केरीसँगै यहाँका गर्भवतीलाई समेत समस्या भएको छ । चिसोमा रात काट्न निकै समस्या हुने गरेको खिमा खड्काले बताइन् । सुत्केरी हुने समय आइसकेको बताउँदै उहाँले यो चिसोमा बच्चा र आफूलाई कसरी सुरक्षित राख्ने भनेर अहिलेदेखिनै चिन्ताले सताउने गरेको बताइन् । चिसोका कारण २ वर्षको छोरालाई रुघाखोकीले सताइरहेको खड्काको भनाई छ । 


    तेस्रो आँखा