• ट्रेण्डिङ्ग :
जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा त्रिपालभित्र र खुल्ला चौरमै पढाइ सुरु

जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा त्रिपालभित्र र खुल्ला चौरमै पढाइ सुरु


  • 4.0K
    SHARES
    • मंसिर ४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.1K Views

    जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा त्रिपालभित्र र खुल्ला चौरमै पढाइ  सुरु

    सुर्खेत ४ मंसिर / भूकम्प प्रभावित जाजरकोटको नलगाड नगरपालिका–८, हल्चौरस्थित पञ्चभयार माध्यामिक विद्यालयमा सोमबारदेखि पठनपाठन सुरु भएको छ ।

    images

    कात्तिक १७ गते रातिको भूकम्पले विद्यालय भवनमा क्षति पुगेपछि केही विद्यार्थीहरुलाई त्रिपालमुनि र केहीलाई खुलाचौरमै राखेर पढाउन थालिएको शिक्षक वीरबहादुर खत्रीले जानकारी दिए ।

    ‘विद्यालयको एउटा भवन भत्किएको छ, अरु सबै भवनहरु चर्किएका छन्’, शिक्षक खत्रीले भने, ‘भित्र राखेर पढाउन सक्ने स्थिति छैन । एउटा संस्थाले दिएको दुई/चार वटा पालले नपुगेपछि कसैलाई पालभित्र, कसैलाई बाहिरै राखेर पढान थालेका छौं ।’

    झण्डै साढे चार सय विद्यार्थी पठनपाठन गर्दै आएको उक्त विद्यालयका सबैजसो भवन चर्किएका छन् । त्यसैले कक्षाकोठाभित्र विद्यार्थी राखिएको छैन । ‘हामीले आजदेखि सबै विद्यार्थीलाई पढ्न बोलाइसकेका छौं । कक्षाकोठा नभएपनि खुल्ला चौरमै भएपनि पढाउने चुनौती छ’, शिक्षक खत्री भन्छन् ।

    भूकम्पले सबैभन्दा बढी प्रभावित रहेकोे नलगाड नगरपालिका–१, चिउरीमा विद्यार्थीहरुलाई कहाँ राखेर पढाउने भन्ने अझै टुंगो छैन । भूकम्पले विद्यालय पूर्णरुपमा क्षतिग्रस्त छ ।

    ‘विद्यालयको चउर पनि सानो भएकाले कहाँ राखेर पढाउने भन्ने अहिलेसम्म टुंगो लागेको छैन’, स्थानीय युवक महेश चदाराले अनलाइनखबरसँग भने, ‘हिजोसम्म तल बारीको पाटोमा पाल हालेर पढाउने कुरा भएको थियो । ठाउँ सानो भएर अर्को ठाउँमा राखेर पठाउने कुरा पनि उठेको थियो, अझै टुंगो लगेको छैन ।’

     

     


    तेस्रो आँखा