• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन दलहरुबीच छलफल

लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन दलहरुबीच छलफल


  • 4.5K
    SHARES
    • मंसिर ४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 7.0K Views

    लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन दलहरुबीच छलफल

    दाङ, ४ मंसिर । लुम्बिनी प्रदेश सरकार गठन भएको लामो समय हुँदा पनि सरकारले पूर्णता पाउन नसक्दा सोमवार सत्ता साझेदार दलबीच छलफल गरेको छ । सोमवार दाङको तुलसीपुरमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र  नेकपा माओवादीका उपसचिव वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महारा लगायतको सहभागिता रहेको थियो । 

    images

    भेटमा लुम्बिनी प्रदेश सरकार विस्तार लगायतका विषयमा छलफल भएको थियो । काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति पुनले लुम्बिनी प्रदेश सरकार विस्तारमा मन्त्रालयको सङ्ख्या नबढाउने आफ्नो वटमलाईन भएको बताए । छलफलमा माओवादीका नेताले जसरी पनि सरकारलाई पूर्णता दिनु पर्नेमा जोड दिएको सभापति पुनले जानकारी दिए । 

    सभापति पुनले माओवादीका नेताहरूले आफूहरूलाई समस्या हुने भन्दै जसरी पनि सरकारलाई पूर्णता दिनु पर्ने कुरामा अडान लिनु भयो तर काङ्ग्रेस मन्त्रालय नबढाई पूर्णता दिने विषयमा आफूहरू सहमत भएको बताए । 


    तेस्रो आँखा