• ट्रेण्डिङ्ग :
अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सिंहदरबारमा छलफल सुरू

अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सिंहदरबारमा छलफल सुरू


  • 2.3K
    SHARES
    • मंसिर ५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.6K Views

    अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सिंहदरबारमा छलफल सुरू

    काठमाडौं  , ५ मंसिर / अर्थतन्त्र चलायमान बनाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा निजी क्षेत्रका प्रतिनिधिसहितको छलफल सिहंदरबारमा सुरु भएको छ ।

    images

    समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग छलफल आयोजना गरेको हो ।

    देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

    मंगलबारको बैठकमा आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना रहेको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् ।


    तेस्रो आँखा