• ट्रेण्डिङ्ग :
पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निस्कासन

पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निस्कासन


  • 3.1K
    SHARES
    • मंसिर ६, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.8K Views

    पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निस्कासन

    काठमाडौं , ६ मंसिर /  नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निस्कासन गरेको छ ।

    images

    आज बुधबारदेखि बिक्री खुला भएको सर्वोत्तमको आईपीओमा संस्थागत लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् ।

    संस्थागत लगानीकर्तालाई बाँडफाँट भइसकेपछि अर्को चरणमा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् ।कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई पछि जारी हुनेछ ।

    कम्पनीको सेयरका लागि संस्थाहरुलाई न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँदेखि अधिकतम ६०१ रुपैयाँ ५० पैसाको रेञ्ज प्रदान गरिएको छ । संस्थागत लगानीकर्ताले मंसिर १० गतेसम्म यो कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिनेछन् ।

    संस्थागत लगानीकर्ताले गोप्य शिलबन्दीमार्फत तोकिएको मूल्य रेञ्जभित्र रहेर दिएको आवेदनअनुसार प्रतिस्पर्धाका आधारमा निश्चित मूल्य (कट अफ प्राइस) तय हुन्छ । त्यहीं कटअफ प्राइसभन्दा १० प्रतिशत कम मूल्यमा पछि सर्वसाधारणलाई ३६ लाख कित्ता सेयर जारी हुनेछ । सर्वसाधारणले बुक बिल्डिङबाट खुल्ने आईपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । बाँडफाँटका क्रममा पनि एक व्यक्तिले कम्तीमा ५० कित्ता सेयर पाउने छन् ।


    तेस्रो आँखा