• ट्रेण्डिङ्ग :
उपत्यकाकाे सुरक्षा मजबुत, डिआइजी नेतृत्वमा कमाण्ड सेन्टर

उपत्यकाकाे सुरक्षा मजबुत, डिआइजी नेतृत्वमा कमाण्ड सेन्टर


  • 3.4K
    SHARES
    • मंसिर ७, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.2K Views

    उपत्यकाकाे सुरक्षा मजबुत, डिआइजी नेतृत्वमा कमाण्ड सेन्टर

    काठमाडौँ । आजको विरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत पारेकाे जनाएको छ। 

    images

    नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईंको समूहले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौँका प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए।

    उनले विरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारिएको पनि बताए। उनले आमसर्वसाधारणको दैनिकीलाई सहजीकरण गर्नका लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको उनले बताए। 

    उनले नागरिकहरूलाई कुनै डर र त्रास नलिइ आफ्नो दैनिकी सञ्चालन गर्न आग्रह गरे। उनले यातायातको आवागमनमा भने केही समस्या भए पनि त्यसका लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने बताए। उनले मंसिर ७ गतेको प्रदर्शनमा प्रहरी प्रशासन प्रभावकारी रुपमा अघि बढ्ने गरी योजना बनाइएको बताए।

    उनले काठमाडौँका ९० भन्दा बढी ठाउँमा सुरक्षा प्रबन्ध गरिसकेको र प्रभावकारी रुपमा सुरक्षा व्यवस्थालाई अघि बढाइएको बताए।

    काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उक्त प्रदर्शनीकै लागि भनेर सबै सुरक्षा निकायको समन्वयमा एकीकृत सुरक्षा योजना बनाइ टोली परिचालन गरिएको जानकारी दिए।

    उनले उपत्यका प्रहरीबाट डिआइजी लालमणि आचार्यको नेतृत्वमा सबै सुरक्षा निकाय सम्मिलित कमान्ड सेन्टर बनाइ सुरक्षा फोर्स परिचालन गरिएको बताए।


    तेस्रो आँखा