• ट्रेण्डिङ्ग :
रोजगारीका अवसर खोज्दै जनमत पार्टी

रोजगारीका अवसर खोज्दै जनमत पार्टी


  • 3.1K
    SHARES
    • मंसिर १०, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.8K Views

    रोजगारीका अवसर खोज्दै जनमत पार्टी

    जनकपुरधाम , १० मंसिर / जनमत पार्टीले चुनावमा गरेको प्रतिबद्धता अनुरुप हुलाकी राजमार्ग क्षेत्रमा रोजगारीका अवसरको खोजी गर्न थालेको छ । अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गलाई पूर्ण रुपमा सूचारु गरी रोजगारी सिर्जनाको खाका कोर्न पार्टीका केन्द्रीय सचिव बीपी साहको नेतृत्वमा एक अध्ययन टोली परिचालन गरिएको जनमत पार्टीले जनाएको छ ।

    images

    महोत्तरीको बखरीबाट यो कार्य थालनी भएको सचिव साहले जानकारी दिए । यो अभियान अन्तर्गत मधेसका आठ वटै जिल्लाका हुलाकी राजमार्ग खण्डमा पर्ने स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र सर्वसाधारणको सुझाव संकलन गरिने सचिव साहले बताए ।

    साहका अनुसार हुलाकी राजमार्गमा के–कस्ता योजना, परियोजना सञ्चालन वा काम गरे प्रदेशमा रोजगारी सिर्जना हुन्छ भन्ने प्रश्नसहित जनमतको टोलीले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र सर्वसाधारणहरुसँग सुझाव लिइरहेको छ ।

    बुधबार बखरीमा आयोजित उक्त कार्यक्रममा जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले हुलाकी राजमार्गलाई केन्द्र सरकारले उपेक्षा गरेको भन्दै आफ्नो पालिकामा हुलाकी राजमार्ग खण्डमा रोजगारीका लागि सहजीकरण गर्ने बताए ।

    उनले केन्द्र र प्रदेश सरकारबाट ठोस योजना ल्याउन जनमत पार्टीलाई सुझावसमेत दिए ।

    कार्यक्रममा सहभागी एकडारा गाउँपालिका अध्यक्ष दीपनारायण मण्डलले हुलाकी राजमार्गलाई व्यवस्थित गरे आफ्नै पालिकामा हजारौँले रोजगारी पाउने बताए । हुलाकी राजमार्ग खण्डमा कृषि बजार र कोल्ड स्टोर स्थापना गर्न सके रोजगारी सिर्जना हुने तर्क उनको थियो ।

     

     


    तेस्रो आँखा