• ट्रेण्डिङ्ग :
राप्तीमा कोभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिदै

राप्तीमा कोभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिदै


  • 3.1K
    SHARES
    • मंसिर १०, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.7K Views

    राप्तीमा कोभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिदै

    दाङ १० मंसिर/ दाङको राप्ती गाउँपालिकालमा कोभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिन लागेको छ । पालिकाका हरेक गतिविधिलाई पेपर लेस बनाउने उदेश्य अन्तर्गत उक्त कार्य गरिन लागिएको हो। स्वास्थ्य शिक्षा सचेतना- सामुदायिक स्वास्थ्य संस्था (हिको) को आयोजना ,राप्ती गाउँपालिका स्वास्थ्य शाखाको समन्वय र यूएनडिपीको आर्थिक सहयोगमा सो कार्य गर्न लागिएको हो। डिजिटलाइजेशन गर्न कोभिड -१९ भ्याक्सिन लगाएका व्यक्तिहरुको सम्पूर्ण विवरण अनलाईन मार्फत भरिने छ।

    images

    यसरी विवरण भरे पश्चात् एउटा कोड नम्बर प्राप्त हुने छ । उक्त कोड नम्बर लिएर पालिकाको स्वास्थ्य शाखामा आए शाखाले प्रमाणीत गरेर तत्काल भ्याक्सिन लगाएको क्यूआर कोड उपलब्ध गराउन सक्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले बताउनुभयो । यसले गर्दा क्यूआर कोडकै  लागि साइबर धाउनुपर्ने बाध्यताको समेत अन्त्य हुने छ।

    डिजिटलाइजेशन भए पश्चात् पालिका क्षेत्र भित्र कुन खोप क(कस्ले कति लगाए,कुन समुदाय र क्षेत्रमा खोपको प्रभावकारीता के कस्तो छ भन्ने बारेमा जानकारी लिन सहज हुने रावतको भनाई छ।
     
    कोभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन भएमा छोटो समयमै सजिलै भ्याक्सिन लगाएको र नलगाएका व्यक्तिहरुको विवरण पत्ता लगाउन सकिने र स्वास्थ्य सम्बन्धी भावी कार्ययोजनाहरु बनाउन सहज हुने राप्ती  गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

    त्यस्तै अध्यक्ष विष्टले कोभिड- १९ भ्याक्सिन लगायतका सबै नागरिकहरुको विवरण आवश्यक पर्ने भएकाले विवरण संकलन गर्नका लागि घरघरमा आउने गणकहरुलाई सहजरूपले विवरण उपलब्ध गराई सहयोग गरि दिनु हुन गाउँपालिकाबासी सबै लाई अनुरोध गर्नु भएको छ ।

    हिको संस्थाले विवरण संकलनका लागि प्रत्येक वडा बाट ४/४ जनाका दरले गणकहरुलाई अभिमुखीकरण गरि आइतबार देखि पालिकाका ९ वटै वडाका गाउँ गाउँमा खटाएको स्वास्थ्य शिक्षा सचेतना -सामुदायिक स्वास्थ्य संस्था ९हिको०मा कार्यवाहक अध्यक्ष गरिबु चौधरीले जानकारी दिनुभयो । पालिकामा करिब ३५ हजार नागरिकले कोभिड-१९ को विभिन्न भ्याक्सिन लगाएका छन्।


    तेस्रो आँखा