• ट्रेण्डिङ्ग :
वर्तमान सरकार विघटन गर्नु नै सही निर्णय हुन्छ : अध्यक्ष साह

वर्तमान सरकार विघटन गर्नु नै सही निर्णय हुन्छ : अध्यक्ष साह


  • 3.0K
    SHARES
    • मंसिर ११, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.6K Views

    वर्तमान सरकार विघटन गर्नु नै सही निर्णय हुन्छ : अध्यक्ष साह

    काठमाडौं, ११ मंसिर । सोमबार जनता पार्टीका अध्यक्ष प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन् । मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने अध्यक्ष साहको जिकिर थियो । 

    images

    सोमबार काठमाडौंमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष साहले विचौलिया र दलालहरुको हिस्साको रुपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको बताए ।

    अध्यक्ष साहले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्नका लागि राष्ट्रपतिय प्रणालीमा जानुपर्ने प्रश्ताव समेत गरे । उनले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको उल्लेख गर्दै त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिए । 

    त्यस अवसरमा अध्यक्ष साहले राजनीतिक दलहरुले जनमतको अपमान गरेको भन्दै आफ्नो पार्टीले जनमत फिर्ता अभियानलाई अघि बढाउने घोषणा समेत गरे ।


    तेस्रो आँखा