• ट्रेण्डिङ्ग :
रास्वपाका सबै सांसद पार्टीको केन्द्रीय सदस्य 

रास्वपाका सबै सांसद पार्टीको केन्द्रीय सदस्य 


  • 3.8K
    SHARES
    • मंसिर १३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.8K Views

    रास्वपाका सबै सांसद पार्टीको केन्द्रीय सदस्य 

    काठमाडौँ १३ मंसिर/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य थिए ।

    images

    उक्त निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ । पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिए । बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।


    तेस्रो आँखा