• ट्रेण्डिङ्ग :
केपी ओली कप : उपाधिका लागि आज आर्मी र मधेश भिड्ने

केपी ओली कप : उपाधिका लागि आज आर्मी र मधेश भिड्ने


  • 4.0K
    SHARES
    • मंसिर १५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.1K Views

    केपी ओली कप : उपाधिका लागि आज आर्मी र मधेश भिड्ने

    काठमाडौं । पोखरामा जारी ‘केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र मधेश प्रदेश भिड्ने भएका छन्। आर्मी बागमती प्रदेशलाई हराएर फाइनलमा पुगेको हो। एपीएफलाई पराजित गरी मधेशले फाइनलमा स्थान पक्का गरेको हो । 

    images

    प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ। यसैगरी उपविजेताले दुई लाख ५० हजार रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ।

    प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार र बेस्ट बलरले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ। 


    तेस्रो आँखा