• ट्रेण्डिङ्ग :
यो सरकार हल्लिरहेको छ, आफैं ढल्नसक्छ : ओली

यो सरकार हल्लिरहेको छ, आफैं ढल्नसक्छ : ओली


  • 3.1K
    SHARES
    • मंसिर १५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.8K Views

    यो सरकार हल्लिरहेको छ, आफैं ढल्नसक्छ : ओली

    काठमाडौं , १५ मंसिर /  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीेले वर्तमान सरकार आफैं ढल्ने बताएका छन् । वर्तमान सरकारको जग कमजोर भएको भन्दै उनले कसैले ढाल्नै नपर्ने र आफैं ढल्ने बताए ।

    images

    शुक्रवार डडेलधुरामा आयोजित महाकाली-मेची अभिायनअन्तर्गतको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकार कसैले ढाल्नु पर्दैन, सरकार हल्लिरहेको छ । चर्याकमर्याक छ । यो सरकार कुनै समय आफैँ ढल्न सक्छ । यो कुनै खुट्टा भएको सरकार नै होइन । यो त गठबन्धनका छेस्का टिकाएर अडेको सरकार हो ।’

    वर्तमान सरकार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नीतिमा हिँड्न खोज्दा पनि नसकेको र सत्ता साझेदार दल नेपाली कांग्रेस प्रचण्ड पथको भरिया बनेको आरोप ओलीले लगाए ।

    वर्तमान सत्ता गठबन्धन रहीरहे देश बर्बादीमा जाने जिकिर गर्दै ओलीले आगामी २०८४ सालको चुनावपछि नेकपा एमालेको एकल सरकार बनाउनुपर्ने बताए ।

     


    तेस्रो आँखा