• ट्रेण्डिङ्ग :
वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भयो : ओली

वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भयो : ओली


  • 2.6K
    SHARES
    • मंसिर २०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.9K Views

    वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भयो : ओली

    रुकुम पश्चिम , २० मंसिर / पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले देशमा आर्थिक संकट गहिरिँदै गएको बताएका छन् । वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप समेत उनले लगाएका हुन् ।

    images

    झुलाघाट, बैतडीदेखि चिवाभञ्याङ पाँचथर यात्राका क्रममा आज रूकुम पूर्वको जिल्ला सदरमुकाम रूकुमकोटमा आयोजित सभामा बोल्दै उनले अहिले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै दु:ख व्यक्त गरे । 'यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो,' उनले भने 'यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ ।'

    एमालेले स्थानीय माग र आवश्यकताहरूको पहिचान गरेर समाधनका उपायहरू खोज्न पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा तय गरेको पनि ओलीको भनाइ थियो । यात्राका क्रममा अध्यक्ष ओलीको टिम हिजो राति रूकुमकोटमै बास बसेर सर्वपक्षीय छलफल तथा कोणसभाको आयोजना गरिएको थियो ।

     

     


    तेस्रो आँखा