• ट्रेण्डिङ्ग :
सल्यानमा ७० वर्षीय एक व्यक्ति मृत अवस्थामा फेला

सल्यानमा ७० वर्षीय एक व्यक्ति मृत अवस्थामा फेला


  • 5.9K
    SHARES
    • मंसिर २३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 9.1K Views

    सल्यानमा ७० वर्षीय एक व्यक्ति मृत अवस्थामा फेला

    सल्यान , २३ मंसिर / सल्यानमा ७० वर्षीय एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका-१ काभ्रेको स्याला भन्ने ठाँउमा घरदेखि करिब सय मिटर टाढा पिमलाल कामी मृत अवस्थामा भेटिएका हुन । 

    images

    घरदेखि करिब सय मिटर टाढा कुलोमा अनुहार डुबेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि भवानी प्रसाद धमालाले बताए ।

    घरमा कोही नभएका वृद्ध सधैं मदिरा सेवन गर्ने गरेका र मदिरा सेवन गरेकै कारण लडेर कुलोमा अनुहार डुब्दा श्वासप्रश्वासमा समस्या भएर उनको मृत्यु भएको हुन सक्ने धमलाले बताए । उनका अनुसार कामीको मुख भित्र पानी थियो ।

    घटनास्थल पुगेर प्रहरीले अहिले मुचुल्का उठाइरहेको र केही समय पछि पोष्टमार्टमको लागि शव जिल्ला अस्पताल पठाउने धमलाले जानकारी गराए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।


    तेस्रो आँखा