• ट्रेण्डिङ्ग :
थारु समुदाय देशको असल भुमिपुत्र : चौधरी

थारु समुदाय देशको असल भुमिपुत्र : चौधरी


  • 3.6K
    SHARES
    • मंसिर २४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.6K Views

    थारु समुदाय देशको असल भुमिपुत्र : चौधरी

    नवलपरासी पश्चिम्, २४ मंसिर । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू पहिचानको पक्षमा समर्पित हुने बताएका छन् । विगतदेखि नै राज्यका शासकहरूले थारु समुदायका भाषा, संस्कृति र पहिचानलाई समेट्न नसकेको उनले बताए । 

    images

    राज्यले आफूहरूलाई नागरिकता बाहेक केही नदिएको चौधरीको भनाइ छ । नागरिक उन्मुक्ति पार्टी पश्चिम् नवलपरासीले आज बर्दघाटको चौपत्तामा आयोजना गरेको आमसभामा चौधरीले थारुको इतिहास र विरासत संरक्षणका लागि नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताए ।

    राज्यको शिक्षा नीति विभेदकारी भएको उल्लेख गर्दै नेता चौधरीले यहाँको माटो सुहाउँदो, संस्कृति सुहाउँदो समावेशिता रहनुपर्नेमा जोड दिए । उनले थारु समुदाय देशको असल भुमिपुत्र भएको भन्दै राज्यसँग जङ्गे पिल्लर नहुँदा आफ्ना पुर्खाहरूले सालका रुखका ठुटा गाडेर सीमाको रक्षा गरेको दाबी गरे ।


    तेस्रो आँखा