• ट्रेण्डिङ्ग :
शान्तिनगरमा भुमिहिन सुकुम्बासीलाई अस्थायी लालपुर्जा वितरण

शान्तिनगरमा भुमिहिन सुकुम्बासीलाई अस्थायी लालपुर्जा वितरण


  • 6.0K
    SHARES
    • मंसिर २६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 9.2K Views

    शान्तिनगरमा भुमिहिन सुकुम्बासीलाई अस्थायी लालपुर्जा वितरण

    शान्तिनगर २६ मंसिर/ शान्तिनगर गाउँपालिकाले भुमिहिन सुकुम्बासीलाई अस्थायी लालपुर्जा (रातो पुर्जा) वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा पालिकाले वडा नं. २ का सुकुम्बासीलाई अस्थायी लालपुर्जा दिएको हो ।  लाल पुर्जा भएपछि स्थानीय हर्षित भएका छन् ।  

    images

    मंगलबार वडा नं २ का वडा अध्यक्ष सुनिल ओलीको अध्यक्षता तथा पालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एवं पालिका उपाध्यक्ष प्र्मा कुमारी बुढाथोकीको विशिष्ट आतिथ्यतामा ७५८ जना भुमिहिन सुकुम्बासीलाई अस्थायी निस्सा वितरण गरिएको हो । 

    अस्थायी निस्सा पाएसंगै स्थानीय कर्णसिङले अध्यक्ष प्रमोद बस्नेतलार्इ धन्यवाद दिएका थिए । आफुले चुनाबमा गरेको बाचा अनुसार चाडै रातो लालपुर्जा स्थानीयलार्इ दिलाउने अध्यक्ष बस्नेतले बताए । यसैगरि पालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ नं वडाका भुमिहिन सुकुम्बासीलाई पनि चाडै अस्थायी निस्सा वितरण गरिने अध्यक्ष बस्नेतले बताए । 

    0f59df36-5a1c-4359-beba-997de48c2e16.jpg


    तेस्रो आँखा