• ट्रेण्डिङ्ग :
तुलसीपुरका एक बालक बुधबारदेखि सम्पर्क बिहीन 

तुलसीपुरका एक बालक बुधबारदेखि सम्पर्क बिहीन 


  • 5.0K
    SHARES
    • मंसिर २८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.7K Views

    तुलसीपुरका एक बालक बुधबारदेखि सम्पर्क बिहीन 

    तुलसीपुर २८ मंसिर/ तुलसीपुरका एक बालक बुधबार बिहानदेखि सम्पर्क बिहीन भएका छन् । त्रिदेव बोर्डिङ स्कुल कक्षा ८ मा अध्ययनरत तुलसीपुर उपमहानगरपालिका – ५ रानीजरुवा निवासी मोहबिर वली र सिता वलीका १३ बर्षीय छोरा युवराज वली बुधबार बिहानदेखि सम्पर्क विहिन भएका हुन् । बुधबार बिहान साढे ५ बजेको समयमा ट्युसन पढ्न भनि घरबाट गएका उनी ट्युसन पनि नगएको बुझिएको आमा सिताले जानकारी दिइन् ।

    images

    सधै छोरा छोरी संगै ट्युसन जान्थे हिजो नानी अलि चाडै नै गई हाली बाबु अलि ढिला गएको हो त्यसपछि कता गएको भनी अहिलेसम्म केही पत्ता लागेको छैन आमा सिताले भनिन् । अबेरसम्म छोरा घर नआएपछि सबैतिर खोजतलास गर्दै अहिलेसम्म कहिकतै छोरा फेला नपरेको सिताले बताईन् । छोरा युवराजले घरमा रहेको १४/१५ हजार रुपैंया पनि लगेको आमा सीताले जानकारी दिइन ।

    छोरा सम्पर्क बिहिन भएपछि अभिभावकले खोजी गरिदिन आग्रहका साथ इलाका प्रहरी कर्यालयको महिला सेलमा निबेदन दिएका छन् । युवराजका बुवा मोहविर बिहीबार बिहानै खोजीका लागि भनेर काठमाडौं तर्फ लागेको आमा सीताले बताइन । छोरा युवराजलाई कतैदेखि नजिकको प्रहरीमा खवर गरिदिन वा आफ्नो मोवाइल नम्बर ९८२२९६७६२६ मा फोन गरि सहयोग गर्न आमा सीताले आग्रह गरेकी छिन ।


    तेस्रो आँखा