• ट्रेण्डिङ्ग :
नेप्से ६.५५ अंकले बढेता पनि , कारोबार रकम भने घट्दो अवस्थामानै

नेप्से ६.५५ अंकले बढेता पनि , कारोबार रकम भने घट्दो अवस्थामानै


  • 4.9K
    SHARES
    • मंसिर २८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.6K Views

    नेप्से ६.५५ अंकले बढेता पनि , कारोबार रकम भने घट्दो अवस्थामानै

    काठमाडौं , २८ मंसिर / बिहीबार सेयर बजारको परिसूचक नेप्से ६.५५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९९४ विन्दुमा कायम भएको छ ।

    images

    नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब १५ करोडमा खुम्चिएको छ । कुल १४० कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने १० को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो ।

    विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ९, जलविद्युत् २४, उत्पादन २८, निर्जीवन बीमा ५५ र अन्य उपसमूह २२ अंक बढे । बैंकिङ ०.३४, जीवन बीमा १५, माइक्रोफाइनान्स १७ र व्यापार उपसमूह २६ अंक घटे ।

    यस दिन ८ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिडसोलु पावर र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । मुक्तिनाथ कृषि कम्पनीको आजैदेखि कारोबार सुरु भएको हो । सो कम्पनीको मूल्य प्रतिकित्ता १९६ रुपैयाँ ६० पैसा कायम भएको छ ।

    गुराँस लघुवित्तको मूल्य ४.९, मानुसी लघुवित्तको ४.७ र सीवाईसी लघुवित्तको मूल्य ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोनापुर मिनरल्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, शिवम् सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

     

     


    तेस्रो आँखा