• ट्रेण्डिङ्ग :
बाँकेमा जीपको ठक्करबाट एक ट्राफिक प्रहरीको मृत्यु, एक गम्भिर घाइते

बाँकेमा जीपको ठक्करबाट एक ट्राफिक प्रहरीको मृत्यु, एक गम्भिर घाइते


  • 4.6K
    SHARES
    • मंसिर २९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.1K Views

    बाँकेमा जीपको ठक्करबाट एक ट्राफिक प्रहरीको मृत्यु, एक गम्भिर घाइते

    नेपालगन्ज, २९ मंसिर । बाँकको महेन्द्रराजमार्गमा पर्ने मदन चोकमा गाडीले ठक्कर दिँदा एकजना ट्राफिक प्रहरीको मृत्यु भएको छ । सोही घटनामा अर्का एकजना प्रहरी गम्भीर घाइते भएका छन् । 

    images

    बिहीबार राति भे १ च ३४०७ नम्बरको जिपले सडकमा उभिएर गाडी रोक्दै गरेका दुईजना ट्राफिक प्रहरीलाई ठक्कर दिएको थियो । घाइते भएका प्रहरी जवान विशाल ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । अर्का घाइते प्रहरी सहायक हवलदार लालबहादुर बुढाक्षेत्री गम्भिर घाइते भई भेन्टिलेटरमा राखिएको बाँके प्रहरीले जनाएको छ

    प्रहरीलाई ठक्कर दिएर भागेको बलेरो जी सहित चालकलाई गोर्खा बोर्डिङ स्कुल नजिकैबाट नियन्त्रणमा लिइएको छ। दुवै प्रहरी बाँकेबाट सुर्खेत जाने रत्नराजमार्ग खण्डको चपेपाङमा कार्यरत थिए। त्यहाँ डिउटी सकेर बर्दिया घर जान आएका थिए । सोही क्रममा मदन चोकमा गाडी रोक्न खोज्दा जिपले ठक्कर दिएको प्रहरीले बताएको छ ।


    तेस्रो आँखा